aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ निष्कासन गर्न दुई जलविद्युत कम्पनीले पाए सेबोनको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असार २०८०
आईपीओ निष्कासन गर्न दुई जलविद्युत कम्पनीले पाए सेबोनको अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले आईपीओ निष्कासन गर्नका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । सेबोनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

मनकामना इन्जिनियरिङ्गले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुसार ५ गते अुनमति पाएको हो । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

त्यस्तै भगवती हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सेबोनबाट असार ६ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू.११६ मा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यी दुबै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालहरुको लागि निष्कासन गर्नेछन् । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस