aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दिब्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
दिब्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड ४० लाख रहेको छ । प्रस्तावित हकप्रद शेयर निष्कासनको प्रस्ताव विद्युत नियमन आयोगको सहमति पछि आगामी साधारणसभाबाट पारित गर्नुपर्नेछ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि मात्र हकप्रद शेयर विक्रीमा आउनेछ ।

हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण जिममेवारी सञ्चालक समितिको अध्यक्ष दधिराम निरौलालाई दिने निर्णय समेत कम्पनीले गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस