aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, गृहमन्त्री श्रेष्ठले ताने बल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, गृहमन्त्री श्रेष्ठले ताने बल

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा एक कार्यक्रमकाबीच आईपीओ बाँडफाँट गरेको हो । 

मिडिया क्षेत्रको पहिलो कम्पनीको रूपमा धितोपत्र बजारमा भित्रिन लागेको यस कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम उपप्रधान तथा गृहमन्त्री नारायणराजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आईपीओ बाँडफाँटका लागि बल समेत श्रेष्ठलेनै तोनेका थिए ।

विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि कुल १२ लाख ९९ हजार ७२७ जना आवेदकबाट आवेदन परेको थियो । यी आवेदकहरूबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता शेयर खरीद माग भएको हो । 

कुल आवेदकहरूमध्ये १२ लाख २७ हजार ५६९ जना आवेदक मात्र योग्य भएको विक्री प्रबन्धकले जानकारी दिएको छ । ७२ हजार १५८ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराई आईपीओ बाँडफाँट गरिएको हो ।

गोलाप्रथाको माध्यमबाट ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन् । यी मध्ये एक जना आवेदकले भने थप एक कित्ता समेत ११ कित्ता शेयर प्राप्त गरेका छन् । कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो । सर्वसाधारणलाई ३६ लाख १९ हजार ८९१ कित्ता शेयर बाँडफाँट गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस