काठमाडौं । ग्लोबल चाइनिज ब्राण्ड जिडब्लुएमले नेपाली बजारमा नयाँ विद्युतीय गाडी भित्र्याएको छ । जिडब्लुएमले क्रसओभर ‘ओरा–०३’प्रवेश गराएको हो । जिडब्लुएम ओरा–०३ एक ग्लोबल मोडल हो । जुन यसभन्दा अघि विभिन्न देशहरू चीन, थाइल्यान्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजिल्यान्डमा विभिन्न नामहरूको मोडल जस्तै गुडक्याट, फन्कीक्याट र ओआरएका बिक्री शुरू भइसकेको छ ।
यसमा आधुनिक सुविधाहरूका साथ रेट्रो लुक भएको कम्पनीले जनाएको छ । यो गाडीमा रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहीअनुसार माथि राखिएको छ । अगाडि, गोलो फूल एलइडी हेडलाइट, सर्कुलर डे–टाइम रनिङ लाइटहरू यसका डिजाइन रहेको छ ।
‘ओरा–०३’ एउटा इभिको डेडिकेटेड प्लेटफर्ममा बनेको गाडी हो । यो गाडी एकपटक चार्ज गर्दा चार सय किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ । यसमा एसि र डिसी दुबै चार्जर उपलब्ध हुन्छ ।
कम्पनीका अनुसार ‘ओरा–०३’को इन्टिरियर एकदमै राम्रो रहेको छ । यसमा चारैतिर सफ्टटच मेटिरियरहरु उपलब्ध रहेको छ । जसमा पुरै लेदर फिटिङ र फिनिसिङ रहेको कम्पनीको दावी छ ।
‘ओरा–०३’ मा ट्र्याक्सन कन्ट्रोल सिस्टम (टिसिएस), ७ एयरब्याग, एबिएसको साथमा इबिडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (इसिएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता सुविधारहेका छन् ।
यर गाडीमा ३६० डिग्री क्यामरा प्रणाली रहेको छ । यसका साथै वायरलेस चार्जिङ, रियर पार्किङ सेन्सर, अष्ट्रेलियन न्यूकार एसेसमेन्ट प्रोग्राम र युरो इनक्याप रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।
साथै यसमा ४७.७८ किलोवाटको ब्याट्री छ । ब्याट्रीकति चार्ज भएको छ र कति किलामिटरको माइलेज दिन्छ भन्ने जस्ता जानकारी अगाडी नै उपलब्ध हुनेछ । यस गाडीमा नर्मल मोड, स्पोज मोड, इको मोड, अटो मोड गरेर धेरै माडहरु उपलब्ध हुन्छन् । ‘ओरा–०३’ को मूल्य ४७लाख ४९ हजार रूपैयाँरहेको छ । यसका लागि कम्पनीले बुधबार सो गाडीको बुकिङ खुला भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस