aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
बरुण हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएकोछ  । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले सत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । 

कम्पनीले उक्त हकप्रदको प्रस्ताव आगामी साधारण सभामा पेस गर्न र पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ ।  विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएपछि यो कम्पनीले हकप्रद ल्याउन थप प्रक्रिया अगाडि बढाउनेछ । 

हाल कम्पनीको चुक्ता पूँजी रू. ५३ करोड ५८ लाख रहेको छ । सत प्रतिशत हकप्रद शेयर निष्कास पश्चात पूँजी रू. १ अर्ब ७ करोड भन्दा बढी पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस