aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अरुण काबेली पावरलाई शतप्रतिशत हकप्रद निष्कासनका लागि बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असार २०८०
अरुण काबेली पावरलाई शतप्रतिशत हकप्रद निष्कासनका लागि बोर्डको अनुमति

काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । २०७८ साल कात्तिक २८ गते हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले डेड बर्षपछि असार १३ गते अनुमति पाएको हो ।

कम्पनीको आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर पश्चात् कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७१ करोडभन्दा बढी कायम हुनेछ ।

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस