काठमाडौं । नेपाली बजारमा परिमार्जन सहित भित्रिएको रोयल इन्फिल्ड क्लासिक ३५० सिसिको मोटरसाइकल अत्याधिक रुचाइएको छ । विशेषगरि यो मोटरसाइकल युवापुस्ताले धेरै रुचाएका हुन् । पुरानो क्लासिक मोटरसाइकलसँग तुलना गर्ने हो भने यो मोडल पुरै नयाँ रुपमा परिवर्तन भएर आएको छ ।
३५० सीसी नयाँ बाइकले विगतको परम्परा र शिल्पकलालाई मूर्त रूप दिने काम पनि जारी राखेको छ । नयाँ यो क्लासिक ३५० सिसि भनेको पुरानो मोटर साइकलको पुनर्जन्म भएको छ । सन १९५० को दशकमा पहिलो पटक जन्मेको जी २ मोडलबाट प्रेरित भएर, सबै नयाँ क्लासिक ३५० ले बेलायतीमा मोटरसाइकलिङको रमाइलो समयमा संसारलाई चकित पारेको सिल्पकला डिजाइनको प्रमाण हो ।
क्लासिक टियरड्रप फ्युल ट्याङ्की, विशिष्ट थम्प र हलमार्क क्यास्केट हेडल्याम्प जस्ता धेरै फिचर मिल्दोजुल्दो छन । उत्कृष्ट कृतिमा रमाइलो गर्दै जुन टाइमलेस रोयल एनफिल्ड क्लासिक हो । पुरानो क्लासिक युसे इन्जिनमा आउथ्यो भने यो जे सिरिजको एफ इन्जिनमा आएको छ । स्पिड मिटरको बारेमा पुरानो मोटरसाइकरमा गुनासो आएकोले यसमा सुधार गरिएको छ । रोयल इन्फिल्ड क्लासिक ३५० सिसिको मोटरसाइकलको ट्याङकीको सेप पनि परिवर्तन भएर आएको छ । सिट पनि वाइल्ड र आरमदायी भएर आएको छ ।
अगाडीको टायर १००/९० र १९ इन्चको पछाडीको १२०/८० र ८० इञ्चको प्रयोग भएको छ । ट्युबलेस टायर धेरैले खोजे पनि स्पोक टायरमा ट्युबलेस आउँदैन । पहिलेको भन्दा राम्रो डिस्ब्रेक पनि आएको छ । खोल्डोमा कुदाउँदा पनि यो बाइक स्टेबल नै हुनेछ ।
यस मोटरसाइकलमा मोबाइल चार्ज गर्न पनि मिल्छ । यो मोटरसाइकल स्ट्याण्डमा रहेको छ भने स्टार्ट गर्न सकिदैन । यस्तो बेला न्युट्रल या स्ट्याण्ड हटाइपछि मात्रै यो मोटरसाइकल स्टार्ट गर्न सकिन्छ । युवाहरुले अत्याधिक रुचाएका कारण यो मोटरसाइकल माग अनुसार आपूर्ति गर्न गाह्रो भइरहेको कम्पनीको दावी छ ।
कम्पनीका अनुसार यस मोटरसाइकालको पहिलो सर्भिसिङ पाँच सय किलोमिटर कुदाएपछि गर्नु पर्ने हुन्छ । दोस्रो ५ मोटरसाइकल खरिद गरेको ६ महिनाभित्र या पाँच हजार किलोमिटर कुदेपछि गर्नु पर्ने हुन्छ । हरेक सर्भिसिङ यसै अनुसार पाँच हजार कुदाए पनि ५ वा ६ महिनामा गर्नु पर्ने हुन्छ । जसमा चार वटा सर्भिसिङ फ्रि हुनेछ ।
प्रतिक्रिया दिनुहोस