aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आईपीओ निष्कासनको प्रस्तावसहित पियोर इनर्जीले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
आईपीओ निष्कासनको प्रस्तावसहित पियोर इनर्जीले बोलायो विशेष साधारण सभा

काठमाडौं । पियोर इनर्जी लिमिटेडले असार ३१ गते विशेष साधारण सभा बोलाएको छ । असार १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्नुका साथै आईपीओ निष्कासनका लागि समेत प्रबन्धपत्र संशोधनको निर्णय गर्नेछ । साथै कम्पनीको सञ्चालकहरूको पारिश्रमिक , भत्ता र सुविधा तोक्ने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस