aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपरर्छः कृषिमन्त्री भुसाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपरर्छः कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उनले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पुर्याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताएका हुन् ।   

“हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पु¥याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्याउन मन्त्रालय क्रियाशील छ । यस वर्षको सबै कार्यक्रमलाई सफल बनाउन लागि परौँ” मन्त्री डा. भुसालले भने । 

राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको बताउँदै मन्त्री डा भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए । उनले कृषि सामग्री संस्थानसँग र साल्ट टे«डिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने प्रष्ट पारे ।    

प्रतिक्रिया दिनुहोस