aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

रिलायबल नेपाल लाइफले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
रिलायबल नेपाल लाइफले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार १५ गते अनुमति पाएको हो ।

कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ  निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले सुरुमा सेबोनमा आईपीओ निष्कासनको अनुमति माग्दा ने ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो ।  पछि फेरि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो ।

सेबोनले भने कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ ।  विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

प्रिमियमबापत कम्पनीले रू. १ अर्ब ८८ करोड भन्दा बढी उठाउनेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड छ । आईपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस