aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एकै पटक पाँच कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कुनकाे कति कित्ता आउँदै ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असार २०८०
एकै पटक पाँच कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति, कुनकाे कति कित्ता आउँदै ?

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले पाँच कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल,मिड सोलु हाइड्रोपावर,माण्डु हाइड्रोपावर,सन नेपाल लाइफ इन्स्योरेन्स र सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन ।

हाथवे इन्भेष्टमेन्टले २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न असार १७ गते अनुमति दिएको हो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै मिड सोलु हाइड्रोपावरले १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न असार १८ गते अनुमति दिएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

मान्डु हाइड्रोपावरले  अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २०६ मा आईपीओ निष्कासन असार १८ गते सेबानले अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यी दुई हाइड्रोपावर कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा सहित वैदेशिक रोजगराीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासन गर्नेछन् त्यसपछि  सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

सन नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले अंकित मूल्यमा १३९ रूपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कासन गर्न असार १९ गते सेबोनले अनुमति दिएको हो । अनुमति पाएसँगै कम्पनीले ९६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कुल कित्तामध्ये १० प्रतिशत बैदेशिक रोजगारीमा गएका नेपालीको लागि र  ४ लाख ८० हजार कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

त्यस्तै सिटिजन नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रुपैयामा आईपीओ निष्कासन गर्न सेबोनबाट असार १९ गते अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कुल कित्तामध्ये १० प्रतिशत बैदेशिक रोजगारी गएका नेपालीहरुको लागि छ भने कर्मचारीको लागि ५ लाख ६२ हजार ५ सय  कित्ता निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस