
काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता र मोदी इनर्जीको २ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
रावा इनर्जीको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ८३ दशमलव १० देखि २४९ दशमलव ३० ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि बुधवारबाट कारोबारमा आउनेछ ।
कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपाली,सामुहिक लगानी कोष,स्थानीय बासिन्दा र कर्मचारीहरुमा निष्कासन गरेको ८ लाख ४० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीे लगानी गरेको १९ लाख ६० हजार गरेर कुल २८ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल आरएडब्लुए (रावा) रहेको छ । त्यस्तै कमपनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट हुने जानकारी गराएको छ ।
त्यस्तै मोदी इनर्जीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको रू. ९२ दशमलव ५७ देखि २७७ दशमलव ७१ मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्यको आधारमा कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि बुधवारबाट कारोबारमा आउनेछ ।
कम्पनीले बैदेशिक रोजगारीमा गएका नेपाली,सामुहिक लगानी कोष,स्थानीय बासिन्दा र कर्मचारीहरुमा निष्कासन गरेको ७२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीे लगानी गरेको २ करोड १७ लाख ५० हजार गरेर कुल २ करोड ९० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको स्टक सिम्बोल एमईएल रहेको छ । त्यस्तै कमपनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनएमबि क्यापिटल लिमिटेड बालुवाटार काठमाडौंबाट हुने जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस