aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शाहरुख खानको अमेरिकामा दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
शाहरुख खानको अमेरिकामा दुर्घटना

काठमाडौं । भारतीय स्टार शाहरुख खान अमेरिकामा सवारी दुर्घटनामा परेका छन् । बलिउडका अभिनेता खान अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेर घाइते भएपछि अस्पतालमा भर्ना गरिएको सञ्चार माध्यमहरुले जनाएका छन् । 

भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनको नाकमा चोट लागेको थियो । मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएको समाचारमा जनाइएको छ । 

शाहरुख वा उनको टिमको तर्फबाट दुर्घटनाको बारेमा कुनै आधिकारिक जानकारी कसैलाई दिइएको छैन । 

प्रतिक्रिया दिनुहोस