aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रभु महालक्ष्मी लाइफको सञ्चालक समितिमा सात जना मनोनीत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असार २०८०
प्रभु महालक्ष्मी लाइफको सञ्चालक समितिमा सात जना मनोनीत

काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ । सात सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका हुन् । 

सर्वसाधारण समूहबाट भने दीपक पाण्डे र शंकर गौतम मनोनीत भएका छन् । गत वर्षको आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो । 

स्वतन्त्र सञ्चालकको मनोनयन एकीकृत कारोबार पछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ । सञ्चालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको जनाइएको छ ।  

 

प्रतिक्रिया दिनुहोस