aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अर्किड होल्डिङसको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असार २०८०
अर्किड होल्डिङसको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले चैत २६ गतेदेखि विक्रीमा ल्याएको ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि हकप्रद विक्री खुला गरेको हो ।

कम्पनीले प्रति शेयर रू. १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयर वापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तिसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ ।

तोकिएको अवधिभि हकप्रद शेयर वापतको रकम जम्मा नभएमा खरीद हुन नसकेको हकप्रद शेयर जफत गरी अन्य कुनै प्रक्रियाबाट विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस