aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएलजी इन्स्योरेन्सको साधारण सभा बुधबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
एनएलजी इन्स्योरेन्सको साधारण सभा बुधबार

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १३ औं वार्षिक साधारणसभा असोज ८ गर्ने भएको छ । यस वर्ष लाभांश सम्बन्धी प्रस्ताव भने छैन । सभा विहान ११ बजे अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । साधारण सभा गर्ने निर्णय कम्पनीको भदौ १२ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । 

सभाले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवदेन पारितर गनुृका साथै गत आव २०७५÷७६ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।  कम्पनीले भदौ २४ गते १० बराबर ६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता  हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हाल कम्पनीको चुक्ता पँुजी रू. ६४ करोड ४ लाख  रहेको छ । कम्पनीको हकप्रद वितरणपछि पँुजी रू. १ अर्ब २ करोड ४६ लाख ४९ हजार पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस