aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बजाजले ल्यायो दुई नयाँ मोटरसाइकल, कुनको कति मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असार २०८०
बजाजले ल्यायो दुई नयाँ मोटरसाइकल, कुनको कति मूल्य ?

काठमाडौं ।  नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.(गोल्छा ग्र्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै अत्याधुनिक मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीको दावी रहेको छ । 

गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “हाम्रा दुई नयाँ बाइकहरू पल्सर एनएस २०० र एनएस १६० बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ। नयाँँ नयाँँ बिशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ । बजाजका यी नयाँँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीलेलिएका छौँ ।’’

नयाँ पल्सर एनएस १०० युएसडी एक यस्तो दुई–पाङ्ग्रे सवारी साधन हो, जुन सडकमा हावी हुने र सवारी गर्ने तपाईंको जोशलाई जगाउन डिजाइन गरिएको छ । यस पल्सर एनएस २०० मा १९९.५ सीसीकोलिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक बीएसभीआइ इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८०००  आरपिएममा १८.७४ एनएमको टर्कप्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ । 

पल्सर एनएस २०० युएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ जसले सडकमा सबैको ध्यानाकर्षण गर्ने कम्पनीले दावी गरेको छ । यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक ह्यान्डलिंग प्रदान गर्ने छ । 

पावर–प्याक्ड र रमाईलो बजाज पल्सर पल्सर एनएस १६० युएसडी एक गतिशील बाईक हो जुन राईडरको सवारी अनुभवलाई निखार्न र उनीहरुको नयाँ नयाँ ठाउँहरु एक्स्प्लोर गर्ने चाहनालाई मूर्त रुप दिन डिजाइन गरिएको हो । 

पल्सर पल्सर एनएस १६० युएसडीमा १६०.३ सीसीकोआयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआइ इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सर पल्सर एनएस १६० युएसडीले सबैको ध्यान आकर्षित गर्ने कम्पनीले दावी गरेको छ । साहसिक पल्सर पल्सर एनएस १६० युएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलतासंग कुनै सीमा रहने छैन ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएकायि दुबै पल्सर  पल्सर एनएस २०० युएसडी र पल्सर एनएस १६० युएसडीमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ । जसले गर्दा तपाईंले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्नुहुन्छ । 

यी दुबै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छजसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्ने कम्पनीले जनाएको छ । पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः रु. ४ लाख २४ हजार ९ सय रुपौयाँ र ३ लाख ८४ हजार ९ सय रुपौयँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस