aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिवश्री हाइड्रोपावरको  आइपिओ निष्कासन आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
शिवश्री हाइड्रोपावरको  आइपिओ निष्कासन आउँदै

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि आइपिओ आईपीओ जारी गर्ने पक्का भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै निष्कासनको बाटो खुला भएको हो । यस अघि आयोजना प्रभावित स्थानियलाई वितरण गर्न नसकेको ११ लाख ३६ हजार ५४० कित्ता सहित कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता शेयर जारी गर्नेछ । प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेको छ । 

कम्पनीले गत पुसमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानियको लागि आईपीओ विक्री गरेको थियो । सर्वसाधारणको लागि जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा कमजोर रहेको देखाउँछ । आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस