काठमाडौं । विप्रेषण आप्रवाह २.० प्रतिशतले वृद्धि भई ७५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.० प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९.० प्रतिशतले घटेको जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३०.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.१ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस