
काठमाडौं । आइसर कमर्सियल भेहिकलका नेपालको आधिकारिक बिक्रेता बतास एम ए डब्लु कमर्सियल भेहिकल्स प्रालिले भोल्वो आइसर कमर्सियल भेहिकल्स इण्डियाको सहकार्यमा फाईनान्सियर्स भेला सफलता पर्वक आयोजना गरेका छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य भनेको बैंकर्स तथा व्यवसायीहरुलाई साथ तथा सहकार्यको लागि कृतज्ञता जाहेर गर्ने, बतास अर्गनाइजेसन र एमएडब्लु कमर्शियलबीच भएको साझेदारीको विषयलाई उजागर गर्ने र आउदो दिनहरुमा साझेदार कम्पनीको योजनालाई प्रस्तुत गर्नु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवाल बताउँछन्।
उक्त भेलामा करिब १५० जना बैंकिङ तथा वित्तीय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, विभिन्न विधाका व्यवसायीहरू, कमर्सियल भेहिकल्स क्षेत्रका अगुवाहरू, यातायात संघका कार्यकारीहरू र विज्ञहरूको सहभागिता रहेको थियो। साथै उक्त कार्यक्रममा भोल्भो आइसर कमर्सियल भेहिकल इंडियाका प्रमुख यस यस गिल तथा अन्य उच्च व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।
नवीनता, दिगोपन, र ग्राहक केन्द्रित समाधानहरूमा साझा फोकसको साथ बतास एमएडब्लुले कमर्सियल भेहिकल्सको परिदृश्यलाई पुनः परिभाषित गर्ने र ग्राहकहरूका लागि असाधारण अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष विष्णु कुमार अग्रवाल बताउँछन्।
आइसर यात्राको सफलता र निरन्तरताको लागि विशेष भूमिका बैंकर्स र ग्राहकको रहेको र सहयोग, साझेदारीको लागि धन्यवाद आभार प्रकट गर्दै आइसर ब्राण्डलाई कमर्सियल भेहिकल्स क्षेत्रका ग्राहकहरुमा अझै बढ़ी लोकप्रिय बनाउन आउँदा दिनमा पनि सहयोग र साथ दिन कम्पनीका सहअध्यक्ष आनन्द राज बतासले आग्रह गरेका थिए। कृतज्ञता जाहेर गर्ने क्रममा एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आई एम ई बैंक लगायत कुल ९ बैंकलाई सम्मान पनि गरिएको थियो।
टेलिमेटिक्स प्रविधिको कार्यान्वयन र हरेक ५० किलोमीटरमा सर्भिस नेटवर्क विस्तारको माध्यमबाट ग्राहकको सन्तुष्टि बढाउने उद्देश्यले कम्पनीको रणनीतिक योजना सार्वजनिक गर्दै यो पहल ग्राहकहरूलाई उन्नत सुविधाहरू र विस्तारित नेटवर्क पहुँच प्रदान गर्न डिजाइन गरिएको कुरा कम्पनीका प्रबन्धक संचालक शान्त राज बतासले उल्लेख गरेका थिए।
समृद्धिको लागी साझेदारीको मूल्य मान्यता बोकेको आइसर ब्राण्डलाई बतास अर्गनाइजेसन र एमएडब्लु कमर्शियलबीच भएको साझेदारीले सिनर्जेटिक प्रभाव सिर्जना गर्ने विश्वास गरिएको छ । साझेदार कम्पनीले “त्यनभतजभच धभ बचभ गलकतयउउबदभि” नाराका साथ अघि बढी रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस