aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दूधको अनुदान कटौती गरेपछि किसानको विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०

भरतपुर । चितवनका दुग्ध किसानहरुले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरेपछि किसानहरूले तत्काल अनुदान रकम उपलब्ध गराउन माग गरेका हुन् । शनिवार भरतपुरमा पत्रकार सम्मेलन गरि तत्काल अनुदान रकम उपलब्ध नगराइए कडा आन्दोलन गर्ने चेतावनी किसानले दिएका छन् ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० को स्वीकृत कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई अनुदान दिँदा दोहोरो सुविधा हुने भन्दै अनुदान दिन रोकेको छ । 

चितवनको भरतपुर महानगरपालिकाले उत्पादनको आधारमा दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिँदै आएको छ । माडी नगरपालिकाले ४ रुपैयाँ र राप्ती नगरपालिकाले ५० पैसा दिँदै आएको छ । सोही कारण देखाउँदै प्रदेश सरकारले तीन स्थानीय तहका किसानलाई दोहोरो अनुदान नदिने भन्दै रोक लगाएपछि किसान असन्तुष्ट बनेका हुन् । जिल्ला दूध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले किसानलाई अनुदान उपलब्ध नगराईएको भन्दै आज प्रदेशको कृषि मन्त्रालय घेराउ गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस