aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हकप्रद जारी गर्दै जोशी हाईडोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
हकप्रद जारी गर्दै जोशी हाईडोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

काठमाडौ. । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा सोमबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हालको चुक्ता पुँजीको १०० रुपैयाँ अंकित दरमा १ कित्ता शेयरको ०.६५ प्रतिशत को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी  ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस