aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ असार २०८०
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस

काठमाडौं । विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस भएकाे छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए । विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस