aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

चलचित्र प्रेमीले हलमा खानपिनका लागि धेरै खर्च गर्नु पर्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ असार २०८०
चलचित्र प्रेमीले हलमा खानपिनका लागि धेरै खर्च गर्नु पर्दैन

एजेन्सी । भारतका राजस्व सचिव सञ्जय मल्होत्राले सिनेमा हलमा खानेकुरा र पेय पदार्थमा जीएसटी कटौती गर्ने निर्णय भएको जानकारी दिएका छन। जिएसटीको बैठकअघि सिनेमा हलमा उपलब्ध खानेकुरा र पेय पदार्थमा जीएसटी १८ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको थियो ।

यो प्रस्ताव पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ । अब १८ प्रतिशत होइन ५ प्रतिशत हुनेछ । यो निर्णयपछि अब चलचित्र प्रेमीले सिनेमा हलमा खानपिनका लागि धेरै खर्च गर्नु पर्दैन ।

भारत सरकारले जुन २०२३ मा वस्तु तथा सेवा कर (जीएसटी) बाट १.६१ लाख करोड रुपैयाँ सङ्कलन गरेको छ। यो वार्षिक आधारमा लगभग ज्ञद्द५ ले बढेको छ। गत वर्ष जुन २०२२ मा १.४४ लाख करोड रुपैयाँ जीएसटी संकलन भएको थियो। जबकि, एक महिना अघि मे २०२३ मा १.५७ लाख करोड रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस