aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिनर्जी पावरले हकप्रद प्रयोजनका लागि साउन १२ गते एक दिन बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ असार २०८०
सिनर्जी पावरले हकप्रद प्रयोजनका लागि साउन १२ गते एक दिन बुक क्लोज गर्ने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि साउन १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले तय गरेको बुक क्लोजको आधारमा साउन ११ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि योग्य हुनेछन् ।

५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि असार २० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा २ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो ।

 यस आधारमा कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. १ अर्ब २० करोड भन्दा बढी पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस