aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि पेसामा उत्कृष्ट काम गर्ने किसान पुरस्कृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
कृषि पेसामा उत्कृष्ट काम गर्ने किसान पुरस्कृत

काठमाडौं । दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो ।

कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उनीहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको हौसला बढाउन पुरस्कृत गरिएको उनले बताए । 

प्रोत्साहनस्वरुप पाँच कृषकलाई जनही रु १० हजार, ४१ कृषकलाई जनही रु १५ हजार र चार कृषकलाई जनही रु २० हजार नगदसहित सम्मान गरिएको हो । व्यावसायिकरूपमा कृषि गर्ने किसानलाई बर्सेनि पुरस्कृत गरिने पाण्डेले बताए । 

पुरस्कारले व्यवसायप्रति थप जिम्मेवारी बढाउनुका साथै हौसला मिलेको चामुण्डा बिन्द्रासैनी– ७ का कृषक सागर शाहीले बताए । उनले भने, “उत्पादनका हिसाबले दिइने सम्मानले पेसाप्रति लगाव बढ्छ ।” कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस