aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिवश्री हाइड्रोपावरको आईपीओ १६ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
शिवश्री हाइड्रोपावरको आईपीओ १६ गतेदेखि

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि असोज १६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत शेयर गत पुसमा सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि आईपीओ बिक्री गरेको थियो । सोमध्ये ११ लाख ३६ हजार ५४० कित्ता स्थानीयबासीले खरिद  नगरेको समेतलाई जोडेर जम्मा ३३ लाख ५१ हजार १४० कित्ता शेयर जारी गर्न लागेको हो । 

आवेदकहरुले आईपीओमा छिटामा असोज २४ गते र ढिलोमा कात्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताकोे जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १४ करोड १२ लाख ८६ हजार छ । आईपीओपछि १ अर्ब ४७ करोड ६४ हजार रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस