काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको साधारण शेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा आज दिउँसो शेयर बाँडफाँट हुने भएको हो ।
यस कम्पनीको आईपीओमा ६ लाख ७३ हजार ८३९ जनाको आवेदन परेको छ । यी आवेदकहरूबाट २ करोड ५४ लाख २० हजार ३२० कित्ता आईपीओ खरीद माग भएको हो । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य सहित प्रतिकित्ता ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री गरेको हो ।
हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस