aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एशियन लाईफ इन्स्योरेन्सले गर्यो एक करोड दुई लाख मृत्यु दाबी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असार २०८०
एशियन लाईफ इन्स्योरेन्सले गर्यो एक करोड दुई लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबीवापत एक करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ भुक्तानी गरेको छ । बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीवापतको चेक हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत, कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी नाथु देवानले वार्षिक तीन लाख ७१ हजार ७५० रुपैयाँ  बीमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ साल असार २९ गते दोहोरो बीमांक सुविधा सहित ५० लाख रुपैयाँ बीमांकको वार्षिक धनलाभ बीमालेख गरेका थिए । बीमितबाट बीमाशुल्कको दुई किस्तावापत जम्मा सात लाख ४३ हजार पाँच सय रुपैयाँ भुक्तानी  प्राप्त  भएको थियो । 

बीमालेखको बीमांक वापत ५० लाख रुपैयाँ, दोहोरो बीमांक (टु एक्स) वापतको ५० लाख रुपैयाँ र बोनश रकम समेत एक करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस