
काठमाडौं । आइएमई लिमिटेडले सर्वसाधारणमा १० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १० करोड रूपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्री गर्ने तयारी गरेको हो ।
उक्त आईपीओ निष्कासनका लागि कम्पनीले असार २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले दुई दशकभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस