aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्राइम लाइफको बोनस प्रस्ताब पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
प्राइम लाइफको बोनस प्रस्ताब पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी २ अर्ब नाघेको छ । कम्पनीले प्रस्तावित १२ दशमलव ५ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेसँगै चुक्तापुँजी  २ अर्ब नाघेको हो । कम्पनीले असोज ७ गते मङ्गलबार विशेष साधारण सभामार्फत बोनसको प्रस्ताव पारित गरेको हो ।

विशेष साधारण सभाले हाल कायम चुक्तापुँजी  १ अर्ब ७८ करोड ४८ लाख ३५ हजारको आधारमा बोनस वितरण गर्ने निर्णयलाई सर्वसम्वत् पारित गरेको छ । बोनसपश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय पुगेको छ । उक्त विशेष साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको१ करोड १७ लाख ४२ हजार बराबरको नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशनअनुसार रू. २ अर्ब चुक्तापूँजी कायम गर्न बोनसको सहरा लिएको हो । 

कम्पनीले विभिन्न १६ किसिमका जीवन बीमा लेखm प्रचलनमा ल्याएको छ । २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बीमा लेख बिक्री गरी कुल १५ अर्ब ३१ करोड बिमा शुल्क संकलन गरेको छ । जीवन बीमाकोषको आकार ८ अर्ब ९० करोड पुगेको कम्पनीले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस