
काठमाडौं । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजिहोल्डिङ्गस तथा सजकीफोर ह्वीलर्स नेपालले बुधबार काठमाडौंको नक्सालमाआधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । उक्त शोरुमको उद्घाटन किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका पबन्धअधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका थिए ।
कार्यक्रममा बोल्दै किन्जी साइतोले हाइब्रेडगाडी उत्पादन गर्ने सुजुकी पहिलो भएको जानकारी दिएका थिए । उनले भने, विश्वमा नयाँ प्रविधि प्रयोग गर्न सुजुकी सधै पहिलो नै हुन्छ र हाइब्रिड प्रविधि पनि पहिला सुजकीले नै बजारमा ल्याएको हो ।
उक्त शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स विधाकालागिपर्याप्त क्षेत्र रहेको छ । अन्तर्राष्ट्रिय शुजुकी ब्राण्डको निर्देशनअनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवतजावत गर्न, अवलोकन गर्न सकिन्छ । यस शोरुममाहालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु SCROSS, Ciaz,
Ertiga, तथा XL6 उपलब्ध छन्।
“ग्राहकएवं कम्पनीबीचको सम्बन्धलाई अझ मजबुतबनाउने उद्देश्य सहितशुभारम्भ गरिएएको यो ।सुजुकीको घठऔं आउटलेट भएको जानकारी गराइएको छ । यहाँबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पूर्ण सेवाप्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवाप्रदान गर्ने कुरा”सिजि मोटोकर्पका विजिनेस शाखा प्रमुख सिरज पन्तले बताए।
“ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमालिदै आएको सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्धभएकाअत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्बन्धी चरणको एक नयाँअध्याय स्थापना गर्ने विश्वास लिइएको” कुरा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले उल्लेख गरे ।
नेपालमा सुजुकीको घठ स्थानमासेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढीऋभचतषष्भम पार्टस् आउटलेटहरु रहेको छन् । यी स्थानहरुबाट हालै बजारमा उपलब्धभएका SMART HYBRID रेन्जलगायत बृहत् उत्पादनहरु उपलब्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस