
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने निर्णय गरेकोमा बैंकको ऋण तिर्न अपुग हुने भएकाले बढाएर हकप्रद शेयर विक्री गर्ने भएको हो ।
यसअघि फागुन १२ गते गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव संशोधन गर्दै साउन २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको हकप्रद संशोधनको निर्णय आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिने जानकारी कम्पनीले दिएको छ ।
हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रूपैयाँ कायम हुनेछ ।
प्रतिक्रिया दिनुहोस