aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मर्जरपछि प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन तीव्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ साउन २०८०
मर्जरपछि प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन तीव्र

काठमाडौं । एक आपसमा गाभिएर बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साविक दुई कम्पनीका अभिकर्ता मिलन तीव्र पारेको छ । यसै क्रममा साउन २ गते देशका विभिन्न स्थानमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ ।

झापाको बिर्तामोड, पर्साको वीरगञ्ज, दाङको घोराही र कैलालीको धनगढीमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरू सहभागी थिए । चारै ठाँउमा भएको कार्यक्रममा सय-सय जना भन्दा बढी अभिकर्ता उपस्थिति रहेका कम्पनीले जनाएको छ ।

कार्यक्रममा मर्जर पछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरू, एजेन्सी सिस्टम र एजेन्सी स्किमबारे अभिकर्ताहरूलाई प्रशिक्षण दिइएको थियो । विर्तामोडमा सोनबहादुर मगर र प्रभाकर न्यौपाने, वीरगञ्‍जमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षक सबै प्रभु महालक्ष्मी लाइफ कम्पनी प्रधान कार्यालयका वरिष्ठ अधिकृतहरू हुन्‌। 

एकीकृत कारोबार पछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरूलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस