
काठमाडौं । आर्थिक वर्ष २०७९।८० मा ५७ वटा चलचित्र रिलिज भएका छन् । चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका हुन् ।
स्वदेशी चलचित्रहरूको २७ लाख १६ हजार २१७ थान टिकट बिक्रि गरिएको थियो । जसबाट ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार रुपैयाँको भएको छ । यसका साथै गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन् । यस चलचित्रहरूको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रिसहित जम्मा ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७४८ रुपैयाँको भएको छ ।
बेर्डका अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको छ । कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्या सहितको विवरण सार्वजनिक गरिएको हो । प्रदर्शनरत दुई नेपाली कथानक चलिचत्रहरू बगान र जारी तथा दुई विदेशी चलचित्रहरूको गत आर्थिक वर्षको अन्तिम दिन २०८० असार ३१ सम्मको रिपोर्ट समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस