
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ साउन ७ गते आइतवार बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार विहान ९ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणमा असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । सो अवधिमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको १ लाख १ हजार १५१ कित्ता आईपीओ बाँडफाँट हुन लागेको हो । कम्पनीको यो आईपीओ १० हजार ११५ जना आवेदकहरूले हात पार्नेछन् । यी आवेदकहरूमध्ये एक जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।
कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नुअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीमा समेत आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ लाख २१ हजार ८६८ कित्ता शेयरमध्ये १२ हजार १८६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरूमा, २ हजार ४३७ कित्ता शेयर कम्पनीमा र १ लाख २१ हजार ८६८ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरिएको हो ।
यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रूपैयाँ छ भने प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रूपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस