aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अप्पर लोहोरेको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
अप्पर लोहोरेको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । आयोजना प्रभावित स्थानीयले अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री खुला गरेको थियो ।  

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने असार २१ गतेसम्म आईपीओ विक्री गरि सम्पूर्ण कित्ता आईपीओ साउन २ गते बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले जारी पूँजी रू. ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात रू. ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय वासिन्दाहरूका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि र ५० प्रतिशत उक्त क्षेत्र बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरूका लागि विक्री गर्न लागिएको हो । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । वासिन्दाहरूले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ९४ करोड ७२ लाख १७ हजार रहेको छ । प्रतिमेगावाट अनुमानित लागत भने रू. २३ करोड ६८ लाख ४ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस