
एजेन्सी । भारतको तेलंगानाका किसान बी महिपाल रेड्डी टमाटर बेचेर करोडपति बनेका छन् । उनले एक महिनामा करिब ८ हजार क्रेट टमाटर बेचेर १.८ करोड रुपैयाँ कमाए । मिडिया रिपोर्टका अनुसार सिजनको अन्त्यसम्ममा टमाटर बेचेर करिब २.५ करोड रुपैयाँ आम्दानी हुने किसानको दाबी छ ।
एक साताअघि पुणेको नारायणगञ्जमा बस्ने किसान तुकाराम भागोजीले एक महिनामा १३ हजार क्रेट टमाटर बेचेर डेढ करोडभन्दा बढी कमाए। उनीसँग १८ बिघा खेतीयोग्य जमिन छ । तुकारामले छोरा र बुहारीको सहयोगमा १२ एकड जमिनमा टमाटर खेती गरेका थिए ।
रिपोर्टका अनुसार तेलंगानाका किसान बी महिपाल रेड्डी तेलंगानाको मेडक जिल्लाको कौडिपल्ली गाउँका बासिन्दा हुन्। बाल्यकालमा उनको मन पढाइमा लागेन । उनले १० कक्षा पास गर्न सकेनन् । त्यसपछि विद्यालय छाडेर कृषिमा लागे ।
रेड्डीले टमाटरसँगै धान खेती गरे पनि धान खेतीमा नाफा कमाएका छैनन् । यसै वर्षको अप्रिल १५ मा उनले टमाटर खेती सुरु गरेका थिए । उनले ८ एकड जमिनमा टमाटर रोपेका थिए । असार १५ गते बाली पाकेपछि उनले बजारमा ल्याएका थिए ।
रिपोर्टका अनुसार रेड्डीले हैदरावाद बजारमा टमाटर बेचेर नाफा कमाए । वास्तवमा, आन्ध्र प्रदेशबाट हैदराबादमा टमाटरको आपूर्ति पर्याप्त रूपमा पूरा हुन सकेको छैन। त्यसैले टमाटर बजारमा पठाउन थाले । उनले बजारमा प्रतिकिलो १०० रुपैयाँमा टमाटर बेचेर १५ दिनमा करिब १ करोड २५ लाख रुपैयाँ कमाए ।
रिपोर्टका अनुसार रेड्डीले आफ्नो बाली उच्च गुणस्तरको बनाउन एक एकर बालीमा २ लाख रुपैयाँ खर्च गरेका थिए । पूरै बालीमा १६ लाख खर्च भएको छ । खेतमा ४० प्रतिशत बाली बाँकी रहेको र छिट्टै बजारमा ल्याइने रेड्डीले बताए ।
गत साता चण्डीगढको खुद्रा बजारमा टमाटरको मूल्य प्रतिकिलो ३५० रुपैयाँ पुगेपनि अहिले पनि २०० रुपैयाँभन्दा माथि छ । जबकि गाजियाबादमा टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँ पुगेको छ । देशका अधिकांश स्थानमा टमाटरको भाउ एक सय नाघेको छ ।
प्रतिक्रिया दिनुहोस