aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।  

कम्पनीले सर्वसाधारणमा असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । शेयरमा कुल १० लाख ४८ हजार ४६८ आवेदन मार्फत १ करोड ११ लाख ३५ हजार ४३० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये १० लाख ४७ हजार ३०५ आवेदन स्वीकृत भएको छ भने १ हजार १६३ आवेदन रद्द भएको छ ।

यस अवधिमा सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको १ लाख १ हजार १५१ कित्ता आईपीओ बाँडफाँट भएको हो । कम्पनीको यो आईपीओ १० हजार ११५ जना आवेदकहरूले १० कित्ता आईपीओ हात पारेका छन् । यी आवेदकहरूमध्ये एक जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।  

कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नुअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीमा समेत आईपीओ बाँडफाँट गरिसकेको छ ।  
 

प्रतिक्रिया दिनुहोस