aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फलफूल र तरकारीबाट ठाकुरले कमाउँछन् वार्षिक १६ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
फलफूल र तरकारीबाट ठाकुरले कमाउँछन् वार्षिक १६ लाख

अर्घाखाची । सन्धिखर्क नगरपालिका–८ किमडाँडाका  युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । 

“झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्”, उनले भने, “अहिले घरमै थोकमा रु ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ ।” 

व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक रु १६ लाखभन्दा बढी कमाउने गरेको उनले सुनाए । उनले बेमौसमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गरेका छन् । अठार वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन ।

व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए । तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ ।

प्रतिक्रिया दिनुहोस