aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आईएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी सम्बन्धी तालिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ साउन २०८०
आईएमई लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धिकरण तथा आतंकवादी सम्बन्धी तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सम्पति शुद्घिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि तालिम सञ्चालान गरेको छ । कम्पनीले आफ्ना नेपाल भरका क्षेत्रिय÷शाखा÷उप शाखा कार्यालयका प्रमुखहरुमा तालिम सञ्चालन गरेको हो । साउन ६ गते भैरहवा स्थित होटल शिद्घार्थ भिलासामा दिईएको थियो । कम्पनीका करिव १३० जना कर्मचारीहरुलाई  नेपाल बीमा प्राधिकरणका उप—निर्देशक  हृदयश्वर पण्डितले तालिम प्रदान गरेका थिए । 

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ भन्ने कुरा तालिममा जानकारी गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उक्त तालिममा खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत  कवि फुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण विभागिय प्रमुखको समेत उक्त तालिममा सहभागी थियो ।

 
 

प्रतिक्रिया दिनुहोस