aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

होन्डा नेपालले सार्वजनिक गर्यो दुर्घटनाको जोखिम कम गर्ने सिटी ई – एच ई  भी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ साउन २०८०
होन्डा नेपालले सार्वजनिक गर्यो दुर्घटनाको जोखिम कम गर्ने सिटी ई – एच ई  भी

काठमाडौं । होन्डाले हालै बजारमा  सिटी ई – एच ई  भी  सार्वजनिक गरेको छ । वर्षौं देखि उपभोक्ताहरुको माझ लोकप्रिय होन्डा सिटी यसपाली नयाँ हाइब्रिड  भेरिएन्टमा आएको छ ।  आत्याधुनिक प्रविधियुक्त सिटी ई – एच ई  भीले नेपालको अटोमोटिभ क्षेत्रमा  महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ।  द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका  लागि नयाँ मापदण्डहरू सेट गरेको कम्पनीले जनाएको छ ।

 सिटी ई – एच ई  भीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ ।  यो सवारीचालक तथा पैदलयात्री दुवैलाई  मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो।  यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको   वाइड–एंगल फ्रन्ट  क्यामेराले  दूरीमा रहेका  सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई  दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्ने कम्पनीको दावी छ ।  प्याकेजमा भएको  लेन–किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ।  

नवप्रवर्तन र प्राविधिक उत्कृष्टता प्रति सदा प्रतिवद्ध होन्डाले सिटी ई – एच ई भीमा एडभान्स्ड ड्राइभर असिस्टेंस सिस्टमका साथै अड्याप्टिभ क्रुज कन्ट्रोल सुविधा समावेश गरी अन्य प्रमुख निर्माताहरूले सेट गरेको प्रवृतिलाई पछ्याएको छ । यी फिचरहरुले समग्र ड्राइभिङ अनुभवलाई आरामदायी बनाउनुका साथै  थप सुरक्षित बनाउँने कम्पनीले बताएको छ । सिटी ई – एच ई  भी को बारेमा थप जानकारी तथा टेस्ट ड्राइभका लागि आफ्नो नजिकको होन्डा कार शोरूममा सम्पर्क गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस