aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने स्कुटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० साउन २०८०
सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने स्कुटर

एजेन्सी । मध्य प्रदेशको विद्युतीय दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी एनिग्मा अटोमोबाइल्सले भारतमा एम्बियर एन ८ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । एम्बियर एन ८ ले एक पटक चार्जमा २०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

ब्रेकिङका लागि ई–स्कुटरका दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ । यसबाहेक एलईडी स्पीडोमिटर र ३.१० इन्चको टायर उपलब्ध छ । कम्फर्ट राइडिङका लागि यसमा १३० एमएम फ्रन्ट टेलिस्कोपिक फोर्क र रियर कोइल स्प्रिङ हुन्छ। मोटरलाई पावर दिन २.९४ केडब्ल्यूएच लिथियम फेरो फस्फेट ब्याट्री प्रदान गरिएको छ । ब्याट्रीले एक पटक फुल चार्ज गर्दा २५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।  

ई(स्कुटर एनिग्मा अन कनेक्ट एपसँग आउँछ। यसमा १० भन्दा बढी कनेक्टिभिटी सुविधाहरू उपलब्ध छन्। यसमा एन्टी थेफ्ट अलार्म, किलेस इन्ट्री, फाइन्ड माइ स्कुटर, युएसबी पोर्ट, मोटर हिड्ने असिस्टेन्स, रिभर्स मोड, जियो फेन्सिङ, जियो ट्यागिङ, जीपीएस ट्र्याकिङ र ब्लुटुथ कनेक्टिभिटीसहितको सेन्टर लकिङ समावेश छ।

प्रतिक्रिया दिनुहोस