aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा

काठमाडौं ।  एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले एनआईबिएल सहभागिता फण्डका इकाईधनीहरुलाई कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त नगद लाभांश वितरण प्रयोजनार्थ सञ्चालक समितिले साउन ११ गते नै बुक क्लोज गर्ने निणर्य गरेको छ । यसको अर्थ सो मितिसम्म कायम रहेका सम्पूर्ण इकाईधनीहरुमात्रै प्रतिफल पाउन योग्य हुने क्यापिटलले जनाएको छ । 

यो खुलामुखी योजना हो । यस योजनाका इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत थप इकाइ खरीद गर्न सक्ने क्यापिटलले जनाएको छ । यसअघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराइसकेका योग्य इकाईधनीहरुको हितग्राही खातामा यथाशीघ्र इकाई पठाइने पनि क्यापिटलले जानकारी दिएको हो ।  
 

प्रतिक्रिया दिनुहोस