aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सोल्टी होटलद्धारा शेयरधनीलाई नगद लाभांश लिन अुनरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
सोल्टी होटलद्धारा शेयरधनीलाई नगद लाभांश लिन अुनरोध

काठमाडौं । सोल्टी होटेल लिमिटेडले  लिन बाँकी नगद लाभांश शेयरधनीलई बुझिलिन अनुरोध गरेको छ । कम्पनीले  यसअघिका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी शेयरधनीहरुलाई बुझिलिन अनुरोध गरेको हो ।  

पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई बुझिलिन कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।  

लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ । नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुले आवश्यक कागजपत्र सहित शेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस