aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने भएको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले सुचना जारी गर्दै लाभांश पुनः लगानी गर्न सकिने जानकारी दिएको हो ।  

खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने योजना व्यवस्थापकको भनाई छ । साविक एनआईबिएल एस क्यापिटल लिमिटेडले यो योजना सञ्चालनका लागि इकाई जारी गरेको थियो । 

यस योजनाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस