काठमाडौं । भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन नेपाल चामल तेल–दाल उद्योग संघले आग्रह गरेको छ । सोमबार राजधानीमा सम्पन्न ४४ औं साधारणसभामा सहभागी रहेका उद्योगीहरुले यस्तो माग राखेका हुन । उद्योगीले सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने समेत जोड दिएका छन ।
त्यस्तै, नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षिय सम्झौतामा काम गर्न पहल गर्ने सभाले निर्णय गरेको जनाएको छ । ।नेपाल चामल तेल–दाल उद्योग संघको आज काठमाण्डौंमा सम्पन्न निर्वाचनसहितको ४४ औं वार्षिक साधारण सभाले कुमुदकुमार दुगडको अध्यक्षतामा आगामी २ वर्षको लागि नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । उनले यस अघि विगतमा २ कार्यकाल संघको अध्यक्ष कुशल नेतृत्व गरिसकेका छन ।
आज निर्विरोध निर्वाचित हुनु हुनेमा अध्यक्ष कुमुदकुमार दुगड, निवर्तमान अध्यक्षः डा. सुबोध कुमार गुप्ता, प्रथम उपाध्यक्ष रामथापा, द्वितिय उपाध्यक्ष राहुल अग्रवाल, महासचिव दिपककुमार पौडेल, उप–महासचिव धिरज गोल्छा, कोषाध्य रतनलाल केडियालगायतको कार्यसमिति चयन भएको छ ।
सभाले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने सरकारसँग माग पनि गरेको छ । त्यस्तै, कच्चा र तयारी दालमा कम्तिमा २ तहको आयात दर कायमगर्न पहल गर्ने सभाले माग राखेको छ । मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको क्ष्लअभलतष्खभकायम गर्न पहल गर्ने माग राखेको छ । त्यस्तै, छिमेकी देश भारतले ५ महसुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमा बिक्री गरीरहेको छ । यसले नेपाली उद्योगलाई प्रत्यक्ष असर गरिरहेकोले मुल्य समायोजनमा समस्या पर्ने गरेकोले तयारी दाल आयात रोक्न पहल गर्न सभाले भनेको छ ।
त्यसैगरि, दाल निकासी गर्दा लाग्ने प्रति के.जी १ रुपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने माग गरेको छ । त्यस्तै, तोरी तेलमा मु.अ.कर नहट्ने हो भने उद्योग बचाउन त्यसको विकल्प सरकारले विचार गर्न समेत संघले भनेको छ । भारतबाट आउने तेल सस्तो भएकै कारण तराई क्षेत्रको बजारमा भारतीय तेलले प्रभुत्व जमाएको संघको आरोप छ ।
खुल्ला तेल, प्याकेट वा टिनमा भारतीय कम गुणस्तरका सस्तो तेल खुले आम जाँच–पासनै नगरी नेपाल भित्री तराईका प्राय धेरै बजारमा बिक्री भईरहेको कारण नेपाली तेल मिल चलाउन सक्ने अवस्था नै नरहेको संघले आरोप लगाएको छ । तराई क्षेत्रका बजारमा भारतीय तेल कम्तिमा पनि प्रति लिटर तीस रुपैँया सस्तोमा बिक्री हुने गरेको संघले जनाएको छ । भारतीय तेलले नेपाली बजार कब्जा गरेको हुँदा अनाधिकृत व्यपारले प्रोत्साहन पाईरहेकोले सरकारको राजश्वमा समेत प्रत्यक्ष प्रभाव पारेकोले यसको रोकथामको लागि सरकारले पहल गरिदिन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस