aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फोन पे प्रयोगकर्ताले पाए आइफोन १३

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ साउन २०८०
फोन पे प्रयोगकर्ताले पाए आइफोन १३

काठमाडौँ । अनलाइन भुक्तानी प्रणाली सञ्चालक फोन पे का एक प्रयोगकर्ताले आइफोन-१३ पुरस्कार पाएका छन्‌ ।

‘फोन पे गर्ने हो, बिजुली को बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाका विजेता अनुप सिकर्मीलाई फोन पेका तर्फबाट नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइफोन १३ पुरस्कार प्रदान गरेका हुन्‌ । 

सो योजनामा सहभागी हुन ग्राहकहरूले तोकिएको अविधभर बिजुलीको बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपेको बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको थियो ।

फोन पेका  प्रमुख कार्यकारी अधिकृत  दिवसकुमारले सबै नेपाली  ग्राहकहरूलाई विधुतीय  भुक्तानी  प्रणालीमा  प्रवेश  गराई  विभिन्न  सुविधाहरू  थप्दै  जाने  र  पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरूलाई  सजिलो  बनाउदै  लैजाने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस