aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

'आगामी असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ साउन २०८०
'आगामी असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ'

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताउनुभएको छ । एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उहाँले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए ।
 
उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उनले सडक जाम हुने पिक आवरमा साँझ र बिहान सञ्चालन गर्ने सेवाबाट सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरे । सेवालाई क्रमिक रूपमा काठमाडौँ उपत्यकामा विस्तार गरिने उनको भनाइ थियो । मन्त्री ज्वालाले निजामती सेवा ऐन छिट्टै ल्याउन छलफल चलिरहेको जानकारी दिँदै आगामी अधिवेशनमा पारित गरिने विचार व्यक्त गे ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईले निजामती आन्दोलनका शहीदहरु मनोज जोशी, झपेन्द्र कार्की तथा सुरेन्द्र विकको स्मृति दिवसका अवसरमा सिभिल अस्पतालका बिरामीलाई फलफूल वितरण गरे। उनले सो अस्पतालमा उपचाररत एक सय ५० जना बिरामीलाई फलफूल वितरण गरेका हुन ।

काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती अस्पतालको सभाहलमा निजामती आन्दोलनका शहीदहरुको सम्झनामा सो कार्यक्रम आयोजना गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) निकट सरकारी कर्मचारी सङ्गठनले सो कार्यक्रम आयोजना गरेको हो । 

प्रतिक्रिया दिनुहोस