_20230801181724.jpg)
काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफ डि मोर्टर्स) र कुमारी बैंकबिच सम्झौता भएको छ । एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत ब्याजदरमा तीन लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको हो ।
सम्झौता अनुसार कुनैपनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिनादेखि १८ महिनासम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिद गर्न सक्नेछन् । यदी ग्राहकले कर्जाको भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्नेछन् ।
एफ डि मोर्टर्सले हाल दुई ओटा मोडेलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य दुई लाख ६१ हजार ९९९ रुपैयाँ र एफ फाइब ए को मुल्य दुर्य लाख ९७ हजार ९९९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस